बुच्चो
वि. [प्रा. विकुच्च]
- नाक, कान, टाउको, पुच्छरमध्ये कुनै एक अङ्ग नभएको वा काटिएको (मानिस, पशु)।
- बाहुला नभएको वा फेर छोटो भएको (दौरा, कमिज आदि)।
- गहनागुरिया फुकालेको वा गहना नै नलाएको; रित्तो।
- नाकमा फुली, मुन्द्री, बुलाकी आदि केही नभएको।
- हाँगाबिँगा केही नभएको (रुखबिरुवा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)