बुझबुझारथ

ना.

  1. आफ्नो पद वा स्थानबाट सरुवा-बढुवा हुँदा वा अवकाश पाउँदा कुनै कर्मचारीले आफ्ना जिम्मामा रहेका सरकारी नगदी, जिन्सी मालसामानहरू हालवाला कर्मचारीलाई बुझाउने र हालवालाले बुझ्ने काम।
  2. कुनै काम-कुराका विषयमा यथार्थ ज्ञान हासिल गर्नका लागि सोधपुछ वा जाँचबुझ गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)