बेत
ना. [सं. वेत/वेत्र]
- बाँसका जस्ता पात र आँखा हुने, नफुल्ने, लामो र चाम्रो हुने, चोया र डन्ठीबाट मेच, सन्दुक, लौरो आदि उपयोगी वस्तु बनाइने एक जातको लहरो।
- मेहनत गर्नका निम्ति दह्रिलो; बलियो; चाम्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)