ब्रह्मनाल
ना.
- पशुपतिनाथको मन्दिरमा चढाइएको जल बाग्मती नदीमा निस्कने ठाउँ।
- शिवजीलाई अर्पण गरेको जल बग्ने नाला।
- जीवनको अन्तिम घडीमा पुगेको व्यक्ति वा शवलाई हिन्दू परम्पराअनुसार शिवमन्दिर नजिकको नदी वा जलाशयको तटमा मन्दिरतर्फ सिरानी र जलमा खुट्टा पर्ने गरी सुताउने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)