ब्रह्मपुत्र

ना.

  1. ब्रह्माका मनको सङ्कल्पबाट पैदा भएका मानिने नारद, वसिष्ठ, मरीचि आदि ऋषि।
  2. मानसरोवरबाट निस्केर भारतको आसाम प्रदेश भई गङ्गाजीमा मिल्ने एक नदी।
  3. पाँचखण्डे पात हुने, लामो भेट्नामा राता फूल फुल्ने र काला जरा हुने, हिमालमा पाइने बुटीविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)