भकी अमिलो

ना.

  1. कथ्य. भकिम्लो। एकै भेट्नामा चारपाँचवटा पात लाग्ने, छदेखि आठजोरसम्म दाँतीका कुना हुने, सेतो-सेतो पहेँल्च्या रङका झुप्पादार मसिना फूल फुल्ने, गहतका जस्ता राता मसिना दाना फल्ने, असोजतिर देखिने तथा त्यसबाट अमिलो बनाइने, महाभारत र चुरेसम्मका पहाडमा हुने एक जातको रुख; सोही रुखको अमिलो फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)