भक्ति

ना. [सं.]

  1. ईश्वर वा देवी-देवताप्रति हुने निष्ठा, आस्था वा पूजाको भावना।
  2. पूज्य वा मान्यजनप्रति हुने आदरभाव वा श्रद्धा।
  3. चाकरी; सेवा; टहल
  4. विश्वास; आस्था।
  5. साहित्यमा भक्तिमार्गी विद्वान्हरूले मान्ने भक्ति स्थायी भाव हुने एक रागप्रधान रस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)