भन्सार
ना. [सं. भाण्डशाला]
- देशभित्र आयात हुने तथा देशबाट बाहिर निर्यात हुने मालसामानमा निकासीपैठारीका नियमअनुसार जाँचबुझ गरी मूल्य, तौल, सङ्ख्या आदिका हिसाबले निर्धारित कर वा शुल्क असुलउपर गर्ने अड्डा।
- आयात वा निर्यात हुने मालमत्तामा लाग्ने कर; निकासीपैठारी शुल्क; भन्सारमहसुल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)