भाउ

ना. [सं. भाव]

  1. नाचगान, बोलचाल आदिमा आन्तरिक वा साङ्केतिक भाव प्रकट गरिने आङ्गिक चेष्टा वा मुद्रा; नकल; हाउभाउ।
  2. मर्यादा; मान; सम्मान; आदर।
  3. किनबेच गरिने वस्तुको प्रचलित वा निश्चित मूल्य; दर; मोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)