भुईँ

ना. [सं. भूमि]

  1. स्थावर, जङ्गम अडिने आधार; पृथ्वीको सतह; भईँ; जमिन।
  2. बिछ्यौना नहालेको खाली ठाउँ; नाङ्गो वा खाली जमिन।
  3. कपडा, कागत आदिमा बुट्टा वा अक्षर नभएको ठाउँ; पृष्ठभूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)