भुत्ल्याउनु
स.क्रि.
- रौँ वा भुवा लुछ्नु; भुत्ला उखेल्नु।
- नाङ्गो तुल्याउनु; नङ्ग्याउनु।
- जथाभाबी जगल्टा लुछ्नु; जगल्ट्याउनु।
- अधिकार, मान, प्रतिष्ठा, जागिर आदि खोस्नु।
- झुत्रो पार्नु; झुत्र्याउनु; फटाउनु।
- रौँ, भुवा, भुत्ला आदि खजमज्याउनु; भुत्लिने पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)