भुमरी

ना. [प्रा. भुमइ]

  1. हावा, पानी आदि घुमेर बनेको, चक्राकार ठाउँ; जलावर्त; भुँवरी।
  2. रौँ आदि घुमुर्किएको वा चक्का परेको स्थिति।
  3. क्रोध वा रिसले निधारमा पारेको त्यस्तो गाँठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)