भुवन

ना. [सं.]

  1. जगत्; संसार।
  2. जल; पानी।
  3. प्रकृतिको सिर्जना; सृष्टि।
  4. जनता; दुनियाँ।
  5. पुराणअनुसार भू, भुव, स्व, मह आदि चौध लोक; सात लोक तथा सात पातालमध्ये प्रत्येक।
  6. उक्त आधारमा चौधको सङ्ख्यासूचक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)