भुवा
ना. [सं. भ्रू]
- सिमल, कपास आदिको नरम रुवा।
- मुलायम अनुभव हुने, मसिना, कमला रौँ; भुवा।
- निबुवा आदि फलको गुदीभन्दा बाहिर र बोक्राभन्दा भित्रपट्टि रहेको खान पनि हुने वस्तु।
- निको हुन थालेको घाउ-खटिराको साह्रै मसिना पाप्राको समूह।
- धुस्सा आदिमा धुस्निएर निस्केको मसिना रौँ जस्तै नरम वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)