भूत
वि. [सं.]
- भइसकेको; भएको।
- बितेको; विगत।
- मिलेको।
- उस्तै; समान; तुल्य।
- पैदा भएको; उत्पन्न।
- चराचर प्राणी; जीव।
- पृथ्वी, जल, तेज, वायु र आकाश; पञ्च महाभूत।
- बितेको समय; विगत काल।
- सृष्टिका चेतन र अचेतन सबै पदार्थ।
- व्याकरणका अनुसार कार्यव्यापार समाप्त भएको अर्थ बुझाउने क्रिया (गएँ, गयौँ, गए इ.)।
- मृत शरीर वा त्यसको आत्मा; मृतात्मा।
- पिशाच; प्रेत।
- शिवको एक गण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)