भूमि
ना. [सं.]
- पृथ्वीको स्थलभाग; भूमि; जमिन; भुईँ; धरती।
- ठाउँ; स्थान (जन्मभूमि, मातृभूमि आदि)।
- कुनै देश वा भूभाग (आर्यभूमि, भारतभूमि आदि)।
- लिच्छविकालीन भूमिको नापोअनुसार एक रोपनीजतिको परिमाण।
- बौद्धधर्मका हीनयानमा रहने चार, महायानमा रहने दश र वज्रयानमा रहने तेह्र अवस्था।
- कुनै वस्तुको आधार वा आश्रयस्थल (पृष्ठभूमि, कर्मभूमि आदि)।
- घरको अलगअलग खण्ड; तला; भुईँतला।
- खेती गर्न लायक जमिन; खेतीपाती गरिने जग्गा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)