भेट्टाउनु

स.क्रि. [भेट्+आउ+नु]

  1. अघि गएकालाई पछि जानेले फेला पार्नु; भेट्नु।
  2. हातलागी गर्नु; प्राप्त गर्नु; पाउनु।
  3. हराएको कुरो वा वस्तु फेला पार्नु।
  4. अरूको बराबरीमा आउनु; समकक्षमा पुग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)