भौतिकवाद
ना.
- अदृश्य र पारलौकिक सत्ता वा ईश्वरलाई नमानेर जीवन र जगत्का वस्तुसत्यलाई नै मान्ने सिद्धान्त; भौतिक गुण तथा निर्माणतत्त्वलाई शाश्वत मान्दै भौतिक जगत्लाई परिवर्तनशील तथा विकासशील रूपमा बुझ्ने र पदार्थबाटै चेतनाको सृष्टि भएको हो भनी मान्ने वैज्ञानिक वा दार्शनिक सिद्धान्त वा मत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)