मखमली
ना. [मखमल+ई]
- दुईतीन फिटसम्मको अग्लो, राता डाँठ हुने र लाम्चा पात हुने, खस्रा गाढा सेता वा राता रङका फूल फुल्ने एक जातको बोट; सोही बोटको प्रसिद्ध फूल।
- मखमलसम्बन्धी।
- मखमलका छाँटको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)