मच्चनु

अ.क्रि. [प्रा. मच्चई+नु]

  1. पिङ, रुख, लहरा आदिमा समातेर खुब हल्लनु; झुल्नु।
  2. कुनै कामकुरामा सुरिएर लाग्नु।
  3. कस्सिएर कतै हिँड्नु।
  4. एकदमै खैलाबैला हुनु; होहल्ला चम्कनु।
  5. मुद्दामामिला, झैझमेला आदि चर्कनु।
  6. कुनै कुरामा उत्कण्ठित हुनु; चौचौ हुन थाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)