मण्डन

ना. [सं.]

  1. सजाउने काम; सिँगार; सजावट; शृङ्गार।
  2. गहना; आभूषण।
  3. युक्ति र प्रमाणद्वारा गरिने कुनै पक्षको समर्थन; तर्कपूर्ण पुष्टि।
  4. खण्डनको विपरीतार्थक शब्द।
  5. विशेष उत्सवका बेला छातीमा देब्रेपट्टि धारण गरिने एक विभूषण।
  6. काभ्रे जिल्लामा इन्द्रावतीका नजिक रहेको एक बस्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)