मधु

ना. [सं.]

  1. माहुरीले चाकामा जम्मा गरेको गुलियो पदार्थ; मह।
  2. फूलका कलिकामा जमेर बस्ने र भँवरा, माहुरी आदिले चुस्ने गुलियो रस; पुष्परस; मकरन्द।
  3. मदिरा।
  4. चैत-वैशाख; वसन्त ऋतु।
  5. पानी; जल।
  6. मदिरा बनाउने काममा प्रयोग हुने टपजस्तो आकारका फूल फुल्ने एक वृक्ष; महुवा।
  7. पुराणअनुसार विष्णुका कानेगुजीबाट उत्पन्न भएका र विष्णुले आफ्नै जाँघमा राखेर मारेका मधु र कैटभ नामक दुई राक्षसमध्ये एक।
  8. औषधीमा प्रयोग गरिने,सानो नली भएको, गुलियो स्वाद हुने लेकाली बुटी; जेठीमधु।
  9. अमृत।
  10. मिठो; मधुर; गुलियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)