मध्यवर्ती
वि. [सं.]
- बिचमा रहेको; मझमा रहेको; मध्यस्थ।
- कुनै पनि पक्षमा नलाग्ने; तटस्थ।
- कुनै वृत्त वा रेखालाई बराबरी पार्ने गरी बिचमा सङ्केतको रूपमा रहेको (बिन्दु)।
- कुनै भुजाको शीर्षबिन्दुबाट सम्मुख भुजाको मध्य बिन्दुमा पारी खिचिएको (रेखा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)