मन्थन

ना. [सं.]

  1. मधानी चलाएर दही मथ्ने र नौनी निकाल्ने काम।
  2. मथ्ने, हुँडल्ने वा फेट्ने काम।
  3. मधानी।
  4. अरणीबाट आगो निकाल्ने काम।
  5. कुनै गूढ वा नवीन तत्त्व निकाल्नका लागि परिश्रमपूर्वक गरिने छानबिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)