मन
ना. [सं. मनः]
- प्रणीहरूको अनुभव, इच्छा, बोध, विचार, सङ्कल्प-विकल्प आदिलाई नियन्त्रित तथा परिचालित गर्ने अन्तकरणको अंश वा वृत्ति; नाक, कान, आँखा आदिबाट थाहा पाइने कुराबाट आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रिय; अन्तःकरण; चित्त; दिल; हृदय।
- इच्छा; कामना; अभिलाषा; रुचि।
- स्वभाव; प्रकृति।
- आशय; इरादा; विचार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)