मर्नु
अ.क्रि. [सं. मरण+नु]
- जीवजन्तु वा प्राणीको शरीरबाट सदाका लागि प्राण निस्कनु; आयु वा जीवनको अन्त हुनु; स्वर्गे हुनु; मृत्यु हुनु।
- वनस्पति, वृक्ष आदि ओइलाएर सुक्नु।
- कामको बढी चापले सार्है कष्ट हुनु।
- कुनै कामकुरालाई अत्यधिक महत्त्वपूर्ण ठानेर त्यसका लागि हरेक प्रकारको कष्ट भोग्न तयार हुनु।
- खेलमा पराजित हुनु; पासा, पच्चिस आदिमा कुनै गोटी अरूद्वारा खाइनु।
- नष्ट हुनु; नरहनु (लाज, सङ्कोच, घिन आदि)।
- असह्य कष्ट हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)