मर्यादा
ना. [सं.]
- कुनै कामकुरो यतिसम्म गर्न हुन्छ भन्ने वा यहाँसम्म जान सकिन्छ भन्ने टुङ्गो; सीमा; हद।
- परम्परागत रीतिथिति; चालचलन।
- नैतिक बन्धन।
- प्रचलित नियम; व्यावहारिक प्रणाली।
- कबुल; प्रतिज्ञा।
- इज्जत; प्रतिष्ठा; मान।
- सात्त्विक आचरण; धर्म।
- तोकिएको समय; निश्चित अवधि।
- किनारा; तट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)