मसिनो/मसिनू/मसिनो

वि. [सं. मसृण]

  1. मोटो नभएको; झिनो; सानो; सूक्ष्म।
  2. तिखो र मिठास भरिएको; मधुर (स्वर)।
  3. खस्रो नभएको; मिहिन; मसिनो।
  4. कोमल; मृदुल; ना. नरम।
  5. पातलो (कपडा)।
  6. सानो दाना भएको र स्वादिलो धान, चामल आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)