महारङ्गी

ना. [सं. महारङ्ग+ई]

  1. सेता साना टीकाटीका परेका लामा पात हुने, बिचमा चँवरजस्तो फूल फुल्ने र खैरा सानासाना फल फल्ने एक हिमाली बुटी; नलिका।
  2. तेलमा डुबाउँदा तेलको रङ नै रातो पारिदिने, केश लामो बनाइदिने र किरा मार्ने भनी प्रसिद्ध एक बुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)