मात्तिनु

अ.क्रि. [मात+इ+नु]

  1. मत्त हुनु; माद चढ्नु; लागु पदार्थको नशा लाग्नु।
  2. धन, मन, यौवन आदिले गम्कनु; माथि पुगेर पनि चढेको हुनु; उन्मत्त हुनु।
  3. पात्तिनु; पुलपुलिनु।
  4. निहुँ खोज्नु; जोरी खोज्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)