मादल
ना. [सं. मर्दल]
- रोटेपिङको दुई खाँबाका बिचमा रहने बलो।
- धुरा वा धुरी पस्ने रथ, बग्गी वा गोरुगाडाका पहियाका बिचको अवयव; नाउ।
- दाहिनेतिर साँगुरो र देब्रेतिर केही ठुलो मुख भएको, तेर्सो पारेर कम्मरमा भिरी नाङ्गो हातले बजाइने छालाका खरीसहितको नेपालको अति लोकप्रिय तालबाजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)