मास्नु
स.क्रि. [सं. मृष्+नु]
- खर्च गर्नु; व्यय गर्नु; समाप्त पार्नु; सिद्ध्याउनु।
- ठुलो माल बिगारी सानो माल बनाउनु (जस्तो-फाली मासी करुवा/सियो)।
- सटही गर्नु; भजाउनु; साट्नु।
- दास बनाउनु; कमारो तुल्याउनु।
- निर्मूल पार्नु; नाश गर्नु; मार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)