मिल्नु

ना. [मिल+नु]

  1. कुनै दुई वस्तु वा व्यक्ति एकै ठाउँ भेला हुनु; एकत्रित हुनु।
  2. जोडिनु; गाँसिनु; टाँसिनु।
  3. भेट हुनु; भेटिनु।
  4. प्राप्त हुनु; पाउनु।
  5. बराबर हुनु; समान हुनु।
  6. ठिक हुनु।
  7. छ्यासमिस हुनु; गाभिनु; मिसिनु।
  8. वरबधूको चिन्हा-टिप्पनअनुसार ग्रहगति अनुकूल हुनु।
  9. मेल वा मिलाप हुनु; मित्रता हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)