मीमांसा
ना. [सं.]
- भारतीय छवटा मुख्य दर्शनशास्त्रमध्ये मूलतः पूर्व मीमांसा र उत्तर मीमांसा दुई भागमा बाँडिएको एक दर्शन।
- अनुमान र तर्कवितर्कद्वारा कुनै विषयका मूल तत्त्व वा वास्तविकताको पत्तो लगाउने काम; सो सन्दर्भमा गरिने गम्भीर मनन वा विचार; तत्त्वनिर्णय; विवेचना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)