मुख
ना. [सं.]
- प्राणीहरूको खाने तथा बोल्ने अवयव।
- चेहरा; अनुहार; आनन; मुहार।
- थुतुनो; चुच्चो।
- कुनै वस्तुको अग्रभाग; मोहडा।
- मुहान; उद्गमस्थान; दिशा।
- ढोका; द्वार।
- आरम्भ; सुरु; थालनी।
- प्रस्तावना।
- मुख्य; प्रधान; प्रमुख। १० नाटकमा पाँच सन्धिमध्ये एक। ११. वेद; श्रुति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)