मुनि

ना. [सं.]

  1. वास्तु वा मूर्तिकलामा मात्रा वा अङ्गुलको सात गुना बराबरको नाप; दृष्टि, पाताल, धातु वा अब्धि बराबरको नाप।
  2. कुनै विषयवस्तुको मनन गर्ने व्यक्ति; मननशील व्यक्ति; ऋषि; तपस्वी; महात्मा; सन्त; भक्त; सन्न्यासी।
  3. गहिरिएर विचार गर्ने स्वभाव भएको व्यक्ति।
  4. अङ्गिरा, पुलस्त्य, भृगु, कर्दम आदि।
  5. बुद्ध।
  6. व्यास।
  7. सातको सङ्ख्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)