मेट्नु

स.क्रि. [प्रा. मेट+नु]

  1. दाग, चिह्न, अक्षर, चित्र आदि घोटेर वा पुछेर हटाउनु; नामेट पार्नु।
  2. अक्षर वा चित्रलाई कलम वा कुचीले नदेखिने गरी पुछ्नु; केरमेट गर्नु; केर्नु।
  3. मिल्काउनु; फ्याँक्नु; फाल्नु।
  4. भोक, प्यास आदि हटाउनु; तृप्त गर्नु।
  5. अस्तित्वको लोप गर्नु; सखाप पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)