मेला

ना. [सं.]

  1. आपसको समागम; भेट; मिलन।
  2. सभा; समाज।
  3. यात्रा, उत्सव, तीर्थस्थल आदिमा हुने मानिसहरूको जमघट।
  4. सुर्मा।
  5. खेतीको काम; मेलो।
  6. खास अवसरमा लाग्ने बजार; ठुलो हाट।
  7. भिड; घुइँचो।
  8. स्वरग्राम।
  9. एक बोटविशेष।
  10. गौचरन।
  11. धेरै जना मिलेर गरिने आआफ्नो काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)