मैतालु

वि. [माइत+आलु]

  1. माइत धेरै बस्ने (स्त्री)।
  2. विवाहउपरान्त पहिलोपल्ट दुलहीले माइतमा लैजाने (विभिन्न परिकार)।
  3. पतिलाई छोडी माइतैमा बसोबास गर्ने (स्त्री)।
  4. पतिको घरबाट माइतमा आएकी (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)