मोह
ना. [सं.]
- अविद्या; अज्ञान; निर्बुद्धि।
- आध्यात्मिक दर्शनका अनुसार देह र सांसारिक वस्तुलाई नै सर्वस्व मान्ने काम; सांसारिक जञ्जाल वा प्रपञ्चको आसक्ति।
- भ्रान्ति; भ्रम।
- लट्ठिने खालको प्रेम; व्यामोह।
- झुक्यान; भुल; त्रुटि।
- भय, चिन्ता, आतुरता, अत्यास आदिबाट सुद्धीबुद्धि हराउने काम; बेहोसी; मूर्च्छा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)