यन्त्र

ना. [सं.]

  1. कलपुर्जा आदिबाट चल्ने कुनै उपयोग्य वस्तु; मेसिन।
  2. तान्त्रिक विधिअनुसार देवदेवीका नाम, अक्षर, चित्र आदि लेखेर बनाइएको, उपासक वा रोगीले धारण गर्ने वस्तु; जन्तर।
  3. वाद्य; वाद्ययन्त्र।
  4. सन्दुस, ढोका आदिमा लगाइने ताल्चा।
  5. जुनसुकै कार्यमा प्रयोग हुने औजार; साधन।
  6. प्रणाली; पद्धति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)