युक्ति
ना. [सं.]
- कुनै पनि समस्याको समाधान गर्ने उपाय; जुक्ती।
- कौशल; चातुर्य।
- कुनै विषय प्रस्तुत गर्न आवश्यक पर्ने बठ्याइँ; तर्क।
- एकभन्दा बढ्ता तत्त्वहरूको संयुक्त रूप; योग; मिलन।
- चालढाल; तौरतरिका।
- अलङ्कारशास्त्रका अनुसार कुनै तरिकाले रहस्यमय चेष्टालाई लुकाउने प्रसङ्गको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
- औचित्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)