युद्धवीर
ना.
- युद्ध गर्ने काममा ठुलो पराक्रम देखाउने व्यक्ति।
- वीररस प्रधान हुने नाटक, काव्य आदिमा रहने नायक; दानवीर, धर्मवीर र युद्धवीर यी तीनमध्ये तेस्रो वीर।
- युद्धसम्बन्धी वीरता प्रदर्शन हुने कृतिको नायक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)