योजना

ना. [सं.]

  1. कुनै पनि कार्य व्यवस्थित रूपमा सञ्चालित गर्नका निम्ति पहिले नै निर्धारित गरिने कार्यक्रम वा रूपरेखा; काम सिद्ध गर्न चाहिने साधन, उपाय, व्यवस्था आदिको पूर्वनिश्चित तयारी।
  2. जुनसुकै कार्यको व्यवस्था मिलाउने वा आयोजना गर्ने काम; समायोजना।
  3. कार्यक्रम।
  4. व्यवस्था; प्रबन्ध।
  5. प्रयोग; व्यवहार।
  6. जोड्ने काम; जोडाइ; मिलान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)