योमरी
ना. [नेवा.]
- चामलको पिठाको डल्लालाई बायाँ हत्केलामा राखेर दाहिने हातको चोर औँलाले थिच्दै भित्र खोक्रो पारी त्यस भागमा चाकु, मासु, मस्यौरो, मास, खुवा वा पूजाका लागि दुईचार गेडा चामल राखी भाँडाको मुख बन्द गरेर वाष्पपाकद्वारा पकाइने खाद्य वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)