रगड्नु

स.क्रि. [प्रा. रहक्करण > सं. रभस्करण]

  1. कुनै वस्तुलाई केही साधनमा प्रशस्त घोट्नु; घिसोटेर दल्नु; रगेड्नु।
  2. खल, सिलौटो, जाँतो आदिमा हालेर खुब पिँध्नु; खल गर्नु।
  3. काममा बेसरी जोत्नु; रगेड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)