रचना
ना. [सं.]
- बनाउने काम; निर्माण गर्ने काम।
- बनाउने कुशलता वा प्रविधि; निर्माणकला।
- निर्माण भएको वास्तु, मूर्ति, ग्रन्थ आदि।
- कल्पना; तर्जुमा; अजमाइस।
- व्यवस्था; प्रबन्ध।
- फूल, खरानी, हलेदो आदि मिलाई पिसेर बनाइएको, टीका लगाउने काममा प्रयोग गरिने रातो धुलो; रोरी; रोचना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)