रज

ना. [सं.]

  1. नारीहरू रजस्वला हुँदा निस्कने रगत; ऋतु।
  2. फूलमा हुने केशर; पुष्पराग; पुष्पपराग।
  3. धुलो; छारो।
  4. सत्त्व, रज, तममध्ये सिर्जनाशक्तिको मुहान मानिने गुण; रजोगुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)