रटना
ना.
- कुनै शब्द, वाक्य वा पाठलाई एकदमै घोक्ने काम; कण्ठस्थ गराउने उद्देश्यले रटिरहने काम।
- एउटै कुरो दोहोर्याई-तेहर्याई उच्चारण गरिरहने काम।
- एकाग्र ध्यान; एकोहोरो लगन।
- फिक्री; चिन्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)