रट्नु
स.क्रि. [सं. रट्+नु]
- पाठ, मन्त्र आदि कण्ठस्थ पार्ने उद्देश्यले घोक्नु; कण्ठ हुने गरी पढ्नु।
- कुनै कुरो बारबार आवृत्ति गर्नु; धेरै बाजि भनिरहनु।
- अभ्यास गर्नु; चिन्तनमननमा तल्लीन हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)